कांग्रेसद्वारा पार्टीमा अन्तर्घात गरेका २५ जिल्लाका १८३ नेता कार्यकर्ता निष्कासित

काठमाडौं : नेपाली कांग्रेसको अनुशासन समितिले स्थानीय तह प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीविरुद्ध बागी उम्मेद्वार दिने र तिनका प्रस्तावक तथा सर्मथकलाई साधरण सदस्यतासमेत नरहने गरी हटाएको छ । चुनावमा अन्तर्घात गरेका आरोपमा २५ जिल्लाका १८३ जनालाई पार्टीको अभिलेखमा नरहने गरी हटाएको हो ।

२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही भएकाले पार्टीको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन् ।

सबैभन्दा बढी तराईका जिल्लाबाट निष्कासित

पार्टीबाट निष्कासित हुने नेता तथा कार्यकर्तामा सबैभन्दा बढी तराई(मधेसका जिल्लाका छन् । जसमा पर्साबाट ३२, दाङ र रुपन्देहीबाट २२(२२, बाँकेबाट ११, चितवनबाट १३, धनुषाबाट १०, झापाबाट ७ जना छन् । यस्तै, कम निष्कासन हुनेमा संखुवासभा, रसुवा, पाँचथर, मोरङ, नवलपरासी, कास्की रहेका छन् । यी जिल्लाबाट एक(एक जना मात्र निष्कासित भएका छन् । इलामबाट ४, कैलाली, रौतहट र सिराहाबाट २(२, कपिलवस्तु, सुनसरी र बाराबाट ३(३, पाल्पा ४, सुनसरी ३, लम्जुङबाट ५ जना निष्कासनमा परेका छन् । काठमाडौंबाट १५, ललितपुरबाट ९ र ओखलढुंगाबाट ८ जना निष्कासनमा परेका छन् ।


प्रकाशित | ४ असार २०७६, बुधबार १०:१३