सूर्यविनायक नगर प्रमुखमा बासुदेव थापालाई पुन: उठाउने एमालेको निर्णय

भक्तपुर : नेकपा एमालेले सूर्यविनायक नगरपालिका प्रमुखमा पुन: बासुदेव थापालाई उठाउने निर्णय गरेको छ । थापालाई पुन: मेयरमा उठाउने निर्णय भएको हो ।

एमालेको तर्फबाट मध्यपुर थिमिको प्रमुखमा मदनसुन्दर श्रेष्ठ पनि दोहोरिनु भएको छ । त्यस्तै, चाँगुनारायण नगरपालिकामा हालका उपमेयर बिना बास्तोलालाई मेयर उम्मेदवार बनाइएको छ । भक्तपुर नगरपालिकामा रवीन्द्र लाछिमस्युलाई उम्मेदवार बनाइएको छ ।

उपमेयरतर्फ सूर्यविनायक नगरपालिकामा सरिता भट्टराई, मध्यपुर थिमिमा उत्तरा नेपाल, चाँगुनारायणमा रमेश बुढाथोकी र भक्तपुर नगरपालिकामा रन्जना खर्बुजा उम्मेदवार बनाइएको छ ।

यो पनि पढ्नुहोस


प्रकाशित | ११ बैशाख २०७९, आईतवार १८:४४