सञ्जीव बराइलीसँग विवाह गर्दै मेलिना


काठमाडौं । गायिका मेलिना राई विवाह गर्ने तयारीमा हुनुहुन्छ । करिब पाँच वर्ष लामो प्रेम सम्बन्धलाई उहाँले सार्वजनिक गर्नुभएको छ । उहाँले, आफू र सञ्जीवबीच दुई वर्ष अगाडि इन्गेजमेन्ट भैसकेको उल्लेख गर्नुभएको हो ।

इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गर्नुभएको हो । सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् ।


प्रकाशित | ४ बैशाख २०७९, आईतवार ०७:३६