बढ्यो सुनको मूल्य

काठमाडौं – आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाली बजारमा बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेकोमा छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको छ ।


प्रकाशित | ६ फाल्गुन २०७८, शुक्रबार १३:०९