‘पोई पर्यो काले’को शिर्ष गीत रिलीज (भिडियो )

काठमाडौँ : शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म पोई पर्यो काले’को गीत रिलीज भएको छ । रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा नृपेश उप्रेतीको शब्द रहेको छ ।

रामजी लामिछानेले कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा नायक सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, नायिका श्रृष्टी श्रेष्ठको साथमा कलाकारद्धय सोहित मानन्धर र सुरक्षा पन्तको अभिनय रहेको छ । कात्तिकको ८ गतेबाट रिलिज हुने फिल्ममा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी रहेको छ ।


प्रकाशित | २४ भाद्र २०७६, मंगलवार ११:२५