कतारमा कोरोनाको नियम उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइयो

दोहा – कतारमा कोभिड- १९ अर्थात कोरोनाको नियम अवज्ञा गर्ने तीन सय जनालाई मुद्दा चलाइएको छ । अधिकारीहरूले सोमबार कोविड सावधानी उपाय उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइएको बताएका हुन ।

मास्क नलगाउने २९१ जना र  एहतेराज एप इन्स्टल नगरेका ९ जनालाई  मुद्दा चलाइएको हो । कतारमा कोरोना सावधानी सम्बन्धी उपायहरू मन्त्रिपरिषद्को निर्णय अनुरूप सबै नागरिक र बासिन्दाहरूले सार्वजनिक स्थानहरूमा अनीवार्य मास्क लगाउन लगाउन अनीवार्य गरिएको छ ।


प्रकाशित | २४ फाल्गुन २०७८, मंगलवार १३:३३