संसद अधिवेशन जेठ ९ मा बोलाउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले आगामी जेठ ९ गतेका लागि संसदको अधिवेशन आह्वान गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिेशन ९ गतेका लागि आह्वान गर्नु भएको हो । बैठकले त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले […]

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

हेटौंडा। राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ५०८८ मतभार पाप्त गर्दै विजयी हुनुभयो भने बादलले ४०१४ मतभार पाउनुभयो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो । वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर […]

गृहमन्त्री थापासहित संसद सदस्य नरहेका ७ मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका सात मन्त्रीलाई पदमुक्त गरेको हो । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री […]

प्रधानमन्त्री ओलीलाई कांग्रेसले बुझायो कोभिड रोकथाम र उपचार सम्बन्धी १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथाममा संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कांग्रेस सभापित शेरबहादुर देउवासिहतका नेताहरूले ज्ञापनपत्र बुभाउँदै सरकारको ध्यानकषण गराएको हो । कन्ट्याक्ट ट्रेसिङ र त्यसका आधारमा लक्षित पीसीआर परीक्षणको अभावमा संक्रमितहरुको संख्या निकै बढी भएको सहजै अनुमान गर्न सकिने कांग्रेसले बताएको छ। उपचार पहुँचको […]

स्पेनले नेपाल सरकारलाई दियो १४ करोड २० लाख मुल्यको स्वास्थ्य सामाग्री

काठमाडौं । स्पेन सरकारले नेपाललाई १४ करोड २० लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्पेनले एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको ५ टन स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ । सामाग्री स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले […]

कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालो : आउन थाल्यो स्वास्थ्य सामग्री

काठमाडौँ । कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो । सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । जसअनुसार बिहीबार […]

नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न एनआरएनएले थाल्यो अभियान, सहयोगका लागि अपिल

न्यूर्योक । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संचालन गरिरहेको सहयोग संकलन अभियानमा हातेमालो गर्न सरोकारवाला सबैमा अपिल गरिएको छ। एनआरएनए आइसीसी उपाध्यक्ष सोनाम लामा, अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी र एनसीसी अमेरिकाका अध्यक्ष सुनिल शाहले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि अपिल गर्नु भएको हो । जारी विज्ञप्तीमा संघले नेपालको कुनै एक […]