राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

हेटौंडा। राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ५०८८ मतभार पाप्त गर्दै विजयी हुनुभयो भने बादलले ४०१४ मतभार पाउनुभयो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो ।

वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाउनुभयो । त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाउनुभयो । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।


प्रकाशित | ६ जेष्ठ २०७८, बिहीबार १८:२३