कोरोनाको दोस्रो लहरका कारण देश आक्रान्त बनेको छ । अस्पतालले धान्नै नसक्ने गरि संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । बिरामीले कतै अस्पतालमा बेड पाइरहेका छैनन् भने कतै अक्सिजन नपाएकै कारण अकालमै मृत्युवरण गर्नु पर्ने बाध्यता छ । संघीय संरचनामा अघि बढेको देशमा तीन तहका सरकारहरु रहेका छन् । आफ्ना नागरिक बचाउनका लागि केन्द्रीय, प्रदेश र […]
काठमाडौं । आज देशभर ८ हजार २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि […]
भक्तपुर । भारत सरकारको सहयोगमा सूर्यविनायक नगरपालिका र मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गरिएको छ । भक्तपुरका सांसद महेश बस्नेत र नगरपालिकाका मेयर बाशुदेव थापाले संयुक्त रुपमा एम्बुलेन्स उद्घाटन गर्नुभयो । निर्माणाधिन सु्विधा सम्पन्न सूर्यविनायक नगर अस्पतालको प्राङ्गणबाट उद्घाटन गरिएको हो । हस्तान्तरण पश्चात उद्घाटन गरिएसँगै विरामीले एम्बुलेन्स नपाउने समस्या […]
काठमाडौँ। नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । राष्ट्र बैंकले कोभिड १९ संक्रमण न्यूनीकरणका लागि जारी भएको […]
काठमाडौं । विराटनगरस्थित विराट मेडिकल कलेजको शिक्षण अस्पतालको आकस्मिक कक्षमा अज्ञात समूहले आक्रमण गरेको छ। सोमबार राती अस्पतालको आकस्मिक कक्षमा उपचारमा खटिरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो। सडक दुर्घटनाका घाइतेको उपचार चलिरहेको समयमा बाहिरबाट आएका दुई जना युवाले आक्रमण गरेका हुन्। आक्रमणबाट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट लागेको अस्पतालले जनाएको छ। मोरङ प्रहरीले आक्रमण गर्ने दुई […]
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा […]
काठमाडौ । ग्लोबल गोरखा समाजको ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान अभियान’मा गैर आवासीय नेपाली संघ हङकङका महासचिव, अभियान संयोजक तथा उपाध्यक्ष गोकर्ण प्रसाद ढकालले १ लाख ५ हजार सहयोग गर्नु भएको छ । मातृभूमी नेपालमा फैलिएको कोरोना भाईरसको दोस्रो लहरबाट आक्रान्त गोरखा जिल्ला भित्रका कोभिड प्रभावितलाई सहयोग गर्ने उद्देश्यले चलाइएको अभियानमा सो सहयोग गर्नु भएको […]