मुआब्जा विवादले बर्दिवास—जनकपुर—जयनगर रेलमार्ग विस्तार योजना अन्योलमा

बर्दिवास: जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको कार्य अनिश्चित बन्दै गएको हो । जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ सकिएर अब रेल सञ्चालनको तयारीमा छ । त्यसैगरी धनुषाको […]

मानो रोपेर मुरी फलाउने दिन गए

वीरेन्द्र कर्ण /वीरगञ्ज पर्याप्त मात्रामा सिँचाइ अभाव तथा पानी नपरेका कारण बारा, पर्सा र रौतहटका किसानले हालसम्म धानको बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने समय यसपालि अधुरै रहने चिन्ता व्यक्त गरेका छन् । “अन्नको भण्डारका रुपमा चिनिएका बारा, पर्सा तथा रौतहटका किसानका लागि जीवनरेखा मानिएको गण्डक नहरमा पानी नआउँदा उनीहरुले धानको बेर्नासमेत लगाउन सकिएको […]

‘तुइन विस्थापन कार्यक्रम’मा सफलता हासिल गर्दै सरकार

काठमाडौं : सरकारले शूरु गरेको तुइन विस्थापन अभियान सफल बनाउँदै लगेको छ । सरकारले तीन वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ प्रभावीकारी बन्दै गएको हो । जस अन्तर्गत अहिलेसम्म १२१ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठका अनुसार दुर्गम ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि […]

चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती

इलाम: उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका छन् […]

कैलाली हावाहुरीपीडितलाई जनता बैंकको १ लाख ५० हजार आर्थिक सहयोग

काठमाडौं: कैलाली हावाहुरीपीडितलाई जनता बैंकले आर्थिक सहयोग प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप व्यवस्थापन कोष’लाई बैंकको तर्फबाट १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । उक्त सहयोग रकमको चेक बैंकको सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टलाई हस्तान्तरण गर्नुभएको थियो ।

सूर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुहुने

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा सोमबार हुँदैछ । नगर प्रमुख बासुदेव थापाका अनुसार नगरसभा यो बैकेट सुर्यबिनायकमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री माननीय ईश्वर पोखरेल तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतको विशेष उपस्थितिमा हुँदैछ । नगरसभाको अवसर पारेर नगरपालिकोले सोमबार सार्वजनीक बिदा दिर्दै सम्पूर्ण नगरबासीमा नगर सभामा उपस्थित हुन आग्रह गरेको छ ।

१०० कम्पनीको नक्कली भ्याट बिल, साढे ७ अर्ब छली

काठमाडौं : राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झन्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झन्डै साढे […]