उपत्यकामा १ हजार ६२२ सहित २ हजार ८२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख […]

नेकपाको पार्टी एकता गम्भीर संकटमाः महासचिव पौडेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटमा परेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको उल्लेख गर्नुभएको छ । पार्टीका दुई अध्यक्षबीचको अन्तरविरोधले पार्टी संकटमा परेको प्रष्ट पौडेलको संकेत छ । तर पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य […]

गुर्जो, यष्टीमधु र त्रिकटु : यी तीन जडिबुटीले बढाउँछन् रोग प्रतिरोधात्मक क्षमता

डा प्रकाश ज्ञवाली मुख्यतयाः शरीरको लागि सुपाच्य र हितकर खानेकुरा तथा जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। शरीरले कुनै पनि रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ।  श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात् एन्टिबडी, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदिले रोग प्रतिरोध गर्छन्।  रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित […]

टेकु अस्पतालले पनि कोभिडका बिरामी उपचारका लागि शुल्क तोक्यो

काठमाडौं । टेकु अस्पतालका रुपमा चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बिरामीको उपचारका लागि शुल्क लिन थालेको छ। अस्पतालले कोरोना संक्रमण भएका व्यक्तिको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम समेत तोकेको हो । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले सरकारले कोभिड बिरामीका उपचारका लागि दिँदै आएको रकम नदिने भएपछि […]

विदेशमा यो साता थप ९ सय ६३ जना नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भए देखी विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् । गैर आवासीय नेपाली संघको स्वास्थ्य […]

बेलायतमा कात्तिक २० देखि एक महिने लकडाउनको घोषणा

लण्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले कात्तिक २० (नोभेम्बर ५) गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन(बन्दाबन्दी)गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोरोनाको बढ्दो संक्रमण दर कम गर्न र मृत्युदर घटाउन इङ्ल्याण्डमा चार साताको लकडाउन (डिसेम्बर २ सम्म) गर्नु […]

चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने, अझ सतर्क हुन जरुरी

बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्यान्सरलगायत दीर्घरोगीलाई चुनौती काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै […]