लकडाउनको एक वर्ष, कोरोना सङ्क्रमणको चुनौती यथावत्

काठमाडौंँ । कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो । लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै […]

कामिरिताले लिए पहिलो नेपाली माउन्टेन गाइडको लाइसेन्स

काठमाडौं। विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सरकारले प्रदान गरेको माउन्टेन गाइड लाइसेन्स लिनु भएको छ । पर्यटन विभागले मंगलबारदेखि दिन शुरु गरेको माउन्टेन गाइड लाइसेन्स पहिलो पटक २४ औं पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही शेर्पाले लिनु भएको हो । पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले नेपाल पर्वतारोहण […]

भारतमा कोरोनाको दोस्रो लहर शूरु भएसँगै नेपालमा पनि बढ्न थाले संक्रमीत

काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै नेपालमा जोखिम बढेको छ । पछिल्लो समय नेपालमा दिनदिनै संक्रमण दर बढ्न थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले ७ जना कोरोना संक्रमित विरामी आइसीयूमा छन् । अस्पतालले सोमबार ७४ जनामा पीसीआर परीक्षण गरेकोमा १५ जनामा संक्रमण पुष्टि भएसँगै पछिल्लो समय कोरोना संक्रमित […]

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी भएको छैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले अहिलेसम्म सरकारको नेतृत्व गर्ने वा सहभागि हुने भन्ने बारेमा कुनै निर्णय गरिनसकेको बताउनुभएको छ अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नभएको स्पष्ट पार्दै विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते गरेको छैन ।’ सभापति देउवाले भन्नुभयो, ‘हाम्रो पार्टी […]

ओली नेपाली हिटलरको अवतार हुन्ः माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाउनु भएको छ । एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले नेपाली हिटलरको संज्ञा दिनु भएको हो । नेकपा एमालेले मान्दै आएको जनताको […]

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा तीनवटा वार्षिक प्रतिवेदन पेश हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । त्यस्तै, उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य […]

नेकपा खारेज फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एकता खारेज गर्ने फैसलाविरुद्ध पुनरावलोकनका लागि जाने निर्णय गरेको छ। केन्द्रका स्थायी कमिटी सदस्य र कानुन व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानुन व्यवसायीले सर्वोच्चले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्रले उक्त निर्णयमा पुगेको हो। माओवादी केन्द्रका अध्यक्ष […]