भारतमा कोरोनाको दोस्रो लहर शूरु भएसँगै नेपालमा पनि बढ्न थाले संक्रमीत

काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै नेपालमा जोखिम बढेको छ । पछिल्लो समय नेपालमा दिनदिनै संक्रमण दर बढ्न थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले ७ जना कोरोना संक्रमित विरामी आइसीयूमा छन् ।

अस्पतालले सोमबार ७४ जनामा पीसीआर परीक्षण गरेकोमा १५ जनामा संक्रमण पुष्टि भएसँगै पछिल्लो समय कोरोना संक्रमित बढेको पाइएको हो । शुक्रराज ट्रपिकलमा आइसीयूमा बस्नेको संख्या पनि पछिल्लो पटक विस्तारै बढ्दै गएको छ ।

त्यस्तै, कोरोनाको जोखिम बढेसँगैसरकार र विज्ञले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई अपिल गरेका छन् । यसवाहेक नयाँ लहर आउन नदिन अन्य उपाए पनि अपनाउन थालिएको सरकारी अधिकारी बताउँछन् ।

भारतसँगका प्रवेश नाकामा हेल्थ डेक्स व्यवस्थापनसँगै स्थानीय सरकार र स्वास्थ्य चौकिलाई समेत तयारी रहन पत्राचार गरिसकेको छ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउन पनि सरकारले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

नेपालमा सक्रिय कोरोना भाइरस भारत हुँदै आएको विज्ञको अनुमान छ । अहिले भारतमा भाइरस विस्तारै आक्रामक बनिरहेको छ । साथै खुल्ला सीमा नाकाका कारण नेपालमा पनि खतरा बढेको छ । अहिले संक्रमण बढ्नुमा भाइरसको नयाँ भेरियन्ट पनि कारण हुन सक्ने अनुमान छ ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार २०:३८