प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा तीनवटा वार्षिक प्रतिवेदन पेश हुने भएका छन् । प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

त्यस्तै, उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार १३:३९