कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी भएको छैनः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले अहिलेसम्म सरकारको नेतृत्व गर्ने वा सहभागि हुने भन्ने बारेमा कुनै निर्णय गरिनसकेको बताउनुभएको छ अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नभएको स्पष्ट पार्दै विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते गरेको छैन ।’

सभापति देउवाले भन्नुभयो, ‘हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।’

एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न पनि भन्नुभयो ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार १७:३८