ओली नेपाली हिटलरको अवतार हुन्ः माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाउनु भएको छ ।

एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले नेपाली हिटलरको संज्ञा दिनु भएको हो ।

नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विपरित प्रधानमन्त्री ओली हिँडेको आरोप लगाउँदै नेता नेपालले ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएको टिप्पणी गर्नु भयो ।

प्रधानमन्त्री ओली जनताको बहुदलीय जनवाद अनुसार चल्न नसकेको उहाँको भनाइ थियो ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार १४:५१