तोकिएको समयमै पेट्रोलियम पाइपलाइन परियोजना सम्पन्न भएकामा अत्यन्त खुसी छु :  नरेन्द्र मोदी

काठमाडौं : मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि ‘भिडियो कन्फ्ररेन्स’मार्फत नयाँ दिल्लीबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकिएको समयमै पाइपलाइन परियोजना सम्पन्न भएकामा आफू अत्यन्त खुसी रहेको बताउनुभयो । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म अत्यन्त खुसी छु, दुवै मुलुकको संयुक्त प्रयासमा […]

रोबर्ट मुगाबेः स्वतन्त्रता सेनानीदेखि तानाशाहसम्म

हरारे, २० भदौ (रासस-एएफपी) – अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७ वर्ष शासन गर्नुभयो, तर बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो । नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट बहिर्गमन भएलगत्तै उहाँको […]

टेक्सासमा बलात्कारीलाई घातक सुई लगाएर मृत्युदण्ड

वासिङ्टन, ५ भदौ (रासस-एएफपी) : अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।  टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ । टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ […]

फिलिपिन्समा डेङ्गुबाट आठ महिनामा ८०० जनाको मृत्यु

मनिला, ३ भदौ (रासस-सिन्ह्वा) :  फिलिपिन्समा यस वर्षका प्रथम आठ महिनामा डेङ्गु रोगीको संख्या एक लाख ८८ हजार पुगेको स्वास्थ्य विभागले जनाएको छ । विभागका अनुसार डेङ्गुकै कारण ८०७ जनाको मृत्यु भएको छ । विभागले यस वर्षको जनवरी १ देखि अगस्ट ३ सम्मको अवधिमा एक लाख ८८ हजार ५६२ जनामा डेङ्गु रोग भेटिएको विवरण संकलन […]

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्ता गर्न अस्विकार

सोल :  उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ ।  परमाणु प्रक्षेपण गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले वार्ताका लागि गरेको प्रस्तावलाई उत्तर कोरियाले अस्विकृत गरेको छ । यो प्रक्षेपण पछिल्लो समयमा गरिएको छैठौँ पटकको प्रक्षेपण हो । अहिले प्योङ्याङ रिसाएको पाइएको छ । दक्षिण कोरियाली सेनाले तोङओन […]

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव

नयाँदिल्ली, ३० साउन (रासस-एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब “एक देश, एक निर्वाचन” को अवधारणा लागू हुने बताउनुभएको छ । भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिनुभयो । लालकिल्लाबाट छैटौं पटक सम्बोधन गर्नुभएका प्रधानमन्त्री मोदीले भन्नुभयो, “जिएसटीले एक देश, एक […]

बाढीले भारतमा दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

नयाँ दिल्ली: भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले […]