कोरोना भाइरसः युरोपेली मुलुकबाट हुने अमेरिका हवाइयात्रामा प्रतिबन्ध

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको रोकथामका लागि युरोपेली मुलुकबाट आफ्नो देशमा हुने हवाइयात्रामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । बुधबार टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले ३० दिनका लागि प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको हो । यो प्रतिबन्ध बेलायतको हकमा भने लागु नहुने जनाइएको छ । बेलायतमा हालसम्म कोरनाभाइरसका ४६० केसहरू पुष्टि भइसकेको छ । यस्तै […]

इटलीका जेलहरुमा दंगा फैलिँदा कम्तीमा ६ जनाको मृत्यु

एजेन्सी : इटलीका जेलहरूमा कोरोनाभाइरस संक्रमरण रोक्ने प्रयासस्वरुप लगाइएका नियन्त्रणका उपायविरुद्ध प्रदर्शन भएपछि भएका झडपमा कम्तीमा पनि ६ जनाको मृत्यु भएको छ । आगन्तुकहरूलाई आउन नदिइएपछि देशको उत्तरमा रहेको मोदेना जेलका कैदीहरूले एउटा भवनमा आगो लगाइदिएका थिए । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार बढेपछि इटलीमा आइतवारदेखि १ करोड ६० लाख मानिसहरूलाई क्वारेन्टाइनमा […]

नयाँ दिल्लीमा पनि कोरोना संक्रमण भेटियो

एजेन्सी : चीनको उहानबाट शुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको ‘नोबेल कोरोना भाइरस’ ९कोभिड–१९० को भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।करिब दुई करोड जनसंख्या रहेको नयाँदिल्लीमा कोरोना संक्रमण देखिएको यो नै पहिलो ‘केस’ हो।

३४ वर्षिय साना बनिन् फिनल्यान्डको प्रधानमन्त्री

एजेन्सी : फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन्। पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन्। रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन्। ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछ’, […]

बालबालिकाको हत्या भएकोप्रति युनिसेफद्वारा निन्दा

त्रिपोली: संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ । लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही दिनहरुमा भएको हवाई हमलाका क्रममा ती बालबालिकाको हत्या भएको थियो । बालबालिका मारिएको यस घटनाको विश्वका अरु देशहरुले पनि निन्दा गरेका छन् । युनिसेफले मङ्गलबार प्रकाशित विज्ञप्तिमा […]

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु

सान्ता क्लारिटा : संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी पनि घाइते भएका छन् । साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरलाई प्रहरीले गम्भीर अवस्थामा गिरफ्तार गरेको छ । ती विद्यार्थीको स्वास्थ्य अवस्था […]

अफगानिस्तानमा विष्फोटमा परी कम्तीमा नौ बालबालिकाको मृत्यु

अफगानिस्तान : अफगानिस्तानको उत्तरपूर्वी राज्य ताखर राज्यको दर्काद जिल्लामा सडकमा बिछ्याइराखेको एउटा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जानकारी गराएको छ । प्रान्तीय प्रहरी कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी बिहान ९ः०० बजे विस्फोट भएको र त्यसमा ताहिरी गाउँको एक प्राथमिक विद्यालयमा पढ्न हिँडिरहेका बालबालिकाहरूको मृत्यु भएको पुष्टि गरेको छ […]