कोरोना भाइरसः युरोपेली मुलुकबाट हुने अमेरिका हवाइयात्रामा प्रतिबन्ध

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको रोकथामका लागि युरोपेली मुलुकबाट आफ्नो देशमा हुने हवाइयात्रामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । बुधबार टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले ३० दिनका लागि प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको हो ।

यो प्रतिबन्ध बेलायतको हकमा भने लागु नहुने जनाइएको छ । बेलायतमा हालसम्म कोरनाभाइरसका ४६० केसहरू पुष्टि भइसकेको छ ।

यस्तै अमेरिकामा कोरोनाभाइरसबाट ११ सय ३५ जना संक्रमित छन् भने ३८ जनाले ज्यान गुमाएका छन्। यो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागु हुनेछ।


प्रकाशित | २९ फाल्गुन २०७६, बिहीबार १५:१८