नयाँ दिल्लीमा पनि कोरोना संक्रमण भेटियो

एजेन्सी : चीनको उहानबाट शुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको ‘नोबेल कोरोना भाइरस’ ९कोभिड–१९० को भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ ।

सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।करिब दुई करोड जनसंख्या रहेको नयाँदिल्लीमा कोरोना संक्रमण देखिएको यो नै पहिलो ‘केस’ हो।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार १६:२८