जर्मनीमा संक्रमण बढेपछि सामाजिक दूरी कायम गर्न आग्रह

काठमाडौं : जर्मन चान्सलर एन्जेला मर्केलले जनतालाई सामाजिक दूरीको पालना कडाइपूर्वक पालना गर्न आग्रह गरेकी छन् । सामाजिक दूरीको नियम खुकुलो पारिएपछि जर्मनीमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि चान्सलर मर्केलले सामाजिक दुरीको नियम पालना गर्न आग्रह गरेकी हुन् ।

रोबर्ट कोच इन्स्टिच्युटको तथ्यांकअनुसार सोमबार जर्मनीमा १ सयभन्दा बढी कोरोना संक्रमित देखिएका थिए । यो संक्रमणदरलाई कम गर्ने कोशिस भइरहेको छ ।

जर्मनीले अन्य युरोपेली देशको तुलनामा संक्रमणको सामना प्रभावकारी रूपमा गरिरहेको छ । यद्यपि १ लाख ७० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेका छ भने करिब साढे ७ हजारको मृत्यु भएको छ । एजेन्सी


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार ०९:१६