रुसको कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

काठमाडौं: रुसको सेन्ट पिटर्सबर्गमा रहेको एक कोरोना भाइरस  (कोभिड–१९) को उपचार गर्ने अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार करिब १५० जनालाई अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ । भेन्टिलेटरबाट आगलागी सुरु भएको बताइएको छ । घटनाबारे सम्पूर्ण विवरण आइसकेको छैन । एजेन्सी


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार १४:५०