ट्रम्पका समर्थकद्धारा अमेरिकी संसद भवनमा आक्रमण

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् ।नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् ।उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए । भीड अनियन्त्रित हुँदै गएपछि […]

कोरोना संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन

काठमाडौँ । कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ ।प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गर्नु भएको छ ।देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको बताउनु भयो ।अस्पताल, घरेलु हिंसा तथा अत्यावश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर […]

भारतमा कोरोनाविरुद्धका दुई खोपले पाए प्रयोगका लागि अनुमति !

काठमाडौँ । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपले प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र आष्ट्रा जेनेकासँगको समन्वयमा उत्पादित सिरम इन्स्टिच्युटको खोपलाई प्रयोगको अनुमति दिएको हो ।विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले जनाएको छ ।कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति […]

नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण हुँदा ७९ जनाको मृत्यु

एजेन्सी । नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा ७९ सर्वसाधारणको मृत्यु भएको छ ।मालीको सीमा नजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा अन्य १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा भएको हमलामा ४९ जनाको मृत्यु भएको छ । सोही […]

विश्वभर ५ करोड ९६ लाखभन्दा बढी कोरोना संक्रमित निको

काठमाडौँ । विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ ।यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी निको भएका छन् । […]

चीनमा नयाँ भेरियन्टको पहिलो संक्रमित फेला

काठमाडौँ । चीनमा कोरोनाभाइरसको नयाँ भेरियन्टको पहिलो संक्रमित फेला परेका छन् । कोरोनाभाइरसको संक्रमणको सुरुवात एक वर्ष अघि चीनबाट नै भएको थियो , त्यसपछि यो संसारभरी फैलिएको हो । तर यो नयाँ भेरियन्टका सबैभन्दा धेरै संक्रमित बेलायतमा भेटिएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा यो नयाँ भेरियन्टको पहिलो संक्रमित भेटिएका छन् । चाइनीज सेन्टर फर […]

चीनले पनि बनायो कोरोनाको भ्याक्सिन, ७९.३४ प्रतिशत प्रभावकारी !

एजेन्सी । चीनले सरकारी स्वामित्वसमेत रहेको कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ । चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको खोपलाई बिहीबार अनुमति दिएको हो।यसअघि अमेरिका र बेलायतमा बनेका खोपहरूले मात्र प्रयोग अनुमति पाएका थिए भने रूसले स्पुतनिक भी भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण नै नगरी स्वीकृति दिएको […]