एजेन्सी । इन्डोनेसियाको स्रीविजया एयरको एउटा जहाज जकार्ताबाट उडेको केहीबेरमै शनिबार बेलुकी दुर्घटनामा परेको पुष्टि भएको छ ।जकार्ताबाट इन्डोनेसियाकै पोन्टियानाकका लागि उडेको उक्त जहाज उडेको केही बेरमै दुर्घटनामा परेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो ।आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् […]
एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको छ ।अझै पनि ट्रम्पले हिंसालाई उकास्ने खतरा कायमै रहेकाले उहाँको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको ट्वीटरले जनाएको छ ।चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । सो घटनापछि ट्रम्पको ट्वीटर १२ […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गर्नु भएको छ । बिहीबार उहाँले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताउनु भएको हो ।सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उहाँले यस्तो बताउनु भएको हो । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको […]
एजेन्सी । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ ।स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उहाँका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाउनु भयो ।सुरूदेखि […]
काठमाडौँ । कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ ।विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण फैलन […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ ।मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ ।अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू […]