कोरोना संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन

काठमाडौँ । कोरोना भाइरसको नयाँ लहर फैलिएपछि बेलायतमा फेरि लकडाउन गरिएको छ ।
प्रधानमन्त्री बोरिस जोनसोनले घरभित्रै रहेर लकडाउनको पालना गर्न आह्वान गर्नु भएको छ ।
देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसोनले सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि लकडाउन आवश्यक भएको बताउनु भयो ।
अस्पताल, घरेलु हिंसा तथा अत्यावश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उहाँले स्पष्ट पार्नु भयो ।


प्रकाशित | २१ पुष २०७७, मंगलवार ०७:१६