नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण हुँदा ७९ जनाको मृत्यु

एजेन्सी । नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा ७९ सर्वसाधारणको मृत्यु भएको छ ।
मालीको सीमा नजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनामा अन्य १७ जना घाइते भएका छन् । स्थानीय अधिकारीले टिल्लाबारी क्षेत्रस्थित चोमाबान्गोउ नामको गाउँमा भएको हमलामा ४९ जनाको मृत्यु भएको छ । सोही क्षेत्रको जाराउम्डारेमा भएको हमलामा ३० जनाको मृत्यु भएको छ ।

जुन इलाकामा सन् २०१७ देखि आपतकाल लागू छ । घटनाबारे नाइजर सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।


प्रकाशित | १९ पुष २०७७, आईतवार ०६:५५