विश्वभर ५ करोड ९६ लाखभन्दा बढी कोरोना संक्रमित निको

काठमाडौँ । विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ ।
यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९६ हजार २१ हजार नाघेको छ ।
अहिलेसम्म १८ लाख ६४ हजार ३५४ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।


प्रकाशित | १८ पुष २०७७, शनिबार ०७:४१