एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको छ ।
अझै पनि ट्रम्पले हिंसालाई उकास्ने खतरा कायमै रहेकाले उहाँको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरेको ट्वीटरले जनाएको छ ।
चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । सो घटनापछि ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो ।
प्रकाशित | २५ पुष २०७७, शनिबार १०:०५