ट्रम्प समर्थकले फैलाएको वासिङ्टन हिंसामा मर्नेको संख्या चार पुग्यो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ ।
मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ ।
अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो ।
अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन् ।
वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि आपतकाल लगाउनु भएको छ ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १२:२५