बर्डफ्लुको संक्रमण देखिएपछि भारतमा हजारौँ पन्छी मारिँदै

काठमाडौँ । कोरोना कहरसँगै भारतमा बर्डफ्लुको संक्रमण पनि देखिएको छ । भारतका विभिन्न राज्यमा हाँस र कागमा फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ ।
विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए। भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।
केन्द्र सरकारले उच्च सतर्कता जारी गर्दै संक्रमण फैलन नदिन आपत्कालीन उपायहरू अपनाइएको जनाएको छ । मानिसलाई मरेका वा बिरामी देखिएका चराहरूको सम्पर्कमा नजान पनि आग्रह गरिएको छ।
कोरोना भाइरस महामारीबाट जुध्नका लागि भारतले आगामी सातादेखि दसौं लाख मानिसलाई खोप दिने अभियान थाल्न तयारी गरिरहेका बेला उक्त संकट देखापरेको हो। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरूसमेत बन्द गरिएका छन्। त्यसका साथै, अण्डा बिक्रीको काममा समेत रोक लगाइएको छ ।


प्रकाशित | २३ पुष २०७७, बिहीबार १३:०२