एनिका दाहाल आचार्य, निर्मला दाहाल अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीबाट आक्रान्त छ। यो भाइरसले विश्वलाई नै एउटा चुनौती दिएको छ। आज विश्व नै यस विषयको कुनै समाधानको निष्कर्षमा पुग्न नसकिरहेको अवस्था छ। संसारका ठूलाठूला शक्तिसम्पन्न विकसित राष्ट्र समेत यस महामारीबाट अछुतो रहेनन् र महामारीबाट पराजय भोगीरहेका छन्। विश्वका ठूलाठूला वैज्ञानिकहरुलाई समेत कोभिड–१९ ले […]
श्रुती साह नारायणी अस्पताल वीरगञ्जमा नर्सिङ अफिसरका रुपमा कार्यरत छिन्। १२ वर्षदेखि नर्सिङ पेसामा सक्रिय उनले नारायणी अस्पतालमा कोभिड–१९ संक्रमित भर्ना भएदेखि व्यवस्थापकीय जिम्मेवारी सम्हालेकी छिन्। संक्रमितको उपचारमा खटिने नर्सका साथै संक्रमितका गुनासा समेत उनी व्यवस्थापन गर्छिन्। अस्पतालको व्यवस्थापकीय जिम्मेवारी सम्हालेपछिका अनुभव उनकै शब्दमाः नारायणी अस्पताललाई पूर्णतः कोभिड अस्पताल बनाइएको छ। अहिले यहाँ २९ जना […]
रामहरी अधिकारी, अध्यक्ष, न्यूयोर्क च्याप्टर- गैर आवासीय नेपाली संघ अमेरिका २१ औ शताब्दीमा विज्ञानलाई नै चुनौती गर्ने गरी फैलिएको कोरोना भाइरससँग अहिले मानव जगत जुधिरहेको छ। चीनको वुहानबाट शुरु भएको कोभिड १९ ले विश्व जनसमुदाय नै आतंकित भएको अवस्था छ। हाल सम्म विश्वभर ३ लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने ४७ लाख भन्दा बढी मानिस संक्रमित […]
शिला मैनाली कोरोनाको महामारीपछि नेपालमा डर अनि त्रासको आतंक सिर्जना भएको छ। कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो छ। संक्रमण बढ्दा अस्पतालका आइसोलेसनमा शय्याको अभाव भई केही संक्रमितलाई अस्पताल बाहिर व्यवस्थापन गर्नुपर्ने बाध्यता समेत देखिएको छ। २०७७ वैशाखको अन्त्यसम्म आईपुग्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ। रोगको स्वरूपलाई हेर्दा बालबालिकादेखि वृद्धवृद्धासम्म […]
रश्मी लिम्बु म झापा बिर्तामोड निवासी पेसाले एक नर्स हुँ। हाल झापास्थित देवि मावि झापा बिर्तामोडमा स्कुल हेल्थ नर्सको रुपमा कार्यरत छु। विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको बिगबिगी जताततै फैलिरहेको बेला नेपाल पनि यसबाट चोखो रहन सकेन। नेपालमा पनि लकडाउन सुरु भएदेखि सम्पूर्ण विद्यालय बन्द भए। पठनपाठन ठप्प नै भयो। एउटा स्कुल हेल्थ नर्सको […]
यतिखेर तपाई हामी सबैलाई घरमा लामो समय बस्दा पट्यार लाग्नु, बोर लाग्नु, अल्छी लाग्नु स्वभावीक हो । तर कोरोनाको क्रास हामीलाई मात्र नभई पूरै मानव जातीको लागि नै ठूलो संकटपूर्ण अवस्था हो भन्ने कुरा हामीले भुल्नु हुँदैन । यो अत्यन्तै कष्टकर र चुनौतीपूर्ण अवस्था भएकाले केहि समय दुख भए पनि घरभित्रै बस्नुपर्छ भन्ने भित्रैदेखि भावना […]
आनन्दप्रसाद पोखरेल, पूर्व मन्त्री, नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटी सचिव लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले २०१८ सालदेखि कब्जा गर्न शुरु गर्यो । पञ्चायती सरकारले यति गम्भीर विषयलाई तीस वर्ष लुकाएर राख्यो। २०४८ सालमा यो जनता समक्ष आयो। तर भारतले अहिलेसम्म हाम्रा कुरा सुनेको छैन । अहिले पनि नेपालको सार्वभौमसत्ता र अखण्डतामा धावा बोलिरहेको […]