एनआरएन अमेरिकाको ‘संस्थागत रूपान्तरण’ को लागि सक्षम नेतृत्वको आवश्यकता

सत्य नारायण चौधरी   चाल्स डार्बिनले एकताका भनेका थिए, “यस संसारमा न त सबैभन्दा बलियो प्रजाती सधैं बॉचिरह्न सक्छन्, न त सबै भन्दा तीक्ष्ण बुद्धी भएका नै; परिवर्तित बाताबरण अनुसार अफूलाई परिवर्तन गर्न सक्ने प्रजाती मात्र सधैंभरी बॉचिरह्न सक्छन्”। ‘परिवर्तन’ जीवनको एउटा अभिन्न अंग हो, जसले हामीलाई जीवन्तता दिन्छ र नयॉ तरीकाले नयॉ कामगर्ने हौसला […]

कोरिया भोगाई : कोरियालाई कामसँग मात्र सरोकार छ, त्यहाँ फुर्सद र आराम बिरलै मिल्छ

गोपाल संग्रौला म आठ वर्ष कोरिया बसेँ। सुरुमा कोरिया जाँदा त्यति धेरै काम गर्नुपर्छ भन्ने सोचेको थिइनँ। यहाँ शारीरिक श्रम नगरेको भएर सुरुमा गाह्रो भयो। नौ घण्टा नियमित काम गर्थें। उत्पादनमूलक क्षेत्रमा गएको हुनाले ४ वर्ष १० महिना सामान प्याक गर्ने कार्टुन बनाएर बिताएँ। त्यो बेला मैले लगातार ३६ घण्टासम्म काम गरेँ। दक्षिण कोरियालाई कामसँग […]

अरिंगाल, आम नागरिक र नागरिक अगुवा

रवीन्द्र मिश्र  पत्नी सीता दाहालको उपचार गर्न प्रचण्ड अमेरिका उडेको दिन सामाजिक सञ्जालमा दुइटा फोटो भएको एउटा सन्देश भाइरल भयो। सो सन्देशमा लेखिएको थियो—सामाजिक सञ्जालमा आज देखिएका यी दुई तस्बिरले बताउने कथा यो युगकै सर्वाधिक शक्तिशाली कथा हो। तस्बिर १ : दुई छाक हातमुख जोर्न नपुगेपछि खाडी मुलुक हिँडेका छोरालाई विमानस्थलमा परसम्म नियाल्दै एक पिता। […]

समृद्ध नेपाल बनाउने ठीक समय

चेतन अधिकारी  नेपालको इतिहासमै पहिलोपल्ट १५(६४ बर्ष अर्थात कमाउन सक्ने उमेर समूहको जनसङ्ख्या ६० प्रतिशत माथि पुगेको छ । यो ‘जनसाङ्ख्यिक लाभांस’ को फाइदा उठाउन दीर्घकालिन योजना र सुविचारित कार्यक्रम जरुरी पर्छ । नेपाली राजनीतिमा संक्रमणकाल करिब(करिब सकिएको छ । आम मानिसमा देशमा केही होला कि भन्ने आशा र अपेक्षा ह्वात्तै बढेको छ । हामीले […]

सामूहिक लगानीका लागि ‘म्युचुअल फन्ड’

कुमार पन्त गैर आवासीय नेपालीले गफ मात्र दिए, लगानी चाहिँ खोइ भनेर टीका–टिप्पणी गरिन्छ । लगानी नै नभएको होइन । संस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुककै सुविधासम्पन्न अस्पताल खोल्नुभयो । निवर्तमान अध्यक्ष शेष घले आठ अर्ब रुपैयाँ लगानी गरेर होटेल बनाइरहनुभएको छ । पूर्वअध्यक्ष जीवा लामिछानेले होटेल खोल्नुभयो । महतो, घले, लामिछानेजस्ता ठूला लगानीकर्ताले बैंक, जलविद्युत्, शिक्षा, कृषिलगायत क्षेत्रमा गैरआवासीय नेपालीको […]