वैदेशिक रोजगारी : २२ देशमा ७ सय ८२ नेपालीले गुमाए ज्यान, मलेसिया सबैभन्दा बढि असुरक्षित

काठमाडौँ : वैदेशिक रोजगारी कहालीलाग्दो बन्दै गएको छ । एक वर्षको तथ्यांक अनुसार २०७५ सालमा २३ जना महिला र ७ सय ५९ पुरुष गरि ७ सय ८२ जनाले ज्यान गुमाएका छन् । जसमा मलेसिया र साउदी अरेविया सबैभन्दा बढि असुरक्षित मुलुकका रुपमा देखिएका छन् । २०७५ सालमा सबैभन्दा बढि मलेसिया र त्यसपछि साउदीमा ज्यान गुमाएका […]

हावाहुरी प्रभावीतलाई जनसम्पर्क समिति कोरियाको ४ लाख २५ हजारसहित राहत साम्रागी सहयोग

कोरिया: बारा र पर्साका हावाहुरी प्रभावीतलाई नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले ४ लाख २५ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको छ । जनसम्पर्क समिति कोरियाले एक सय चार नेपाली रुपैयाँ बराबर राहत स्वरुप नगदका साथै जिन्सी सामाग्री पनि वितरण गरेको हो ।  जनसम्पर्क समितिले बाराको हावाहुरी प्रभावित क्षेत्र परवानीपुर गाउँपालिकाको वार्ड नं ४ चैनपुर […]

लण्डन कविता कन्सर्टमा संकलित कोषबाट सिन्धुपाल्चोकमा बन्ने पुस्तकालय भवनको शिलान्यास

लण्डन: गत महिना लण्डनमा आयोजित कविता कन्सर्टमा संकलित रकमबाट सिन्धुपाल्चोकको एक विद्यालयमा स्थापना गर्न लागिएको पुस्तकालय भवन निर्माणको काम सुरु भएको छ । त्रिपुरासुन्दरी गाउंपालिका ६ टेकानपुरको कालिका माविमा निर्माण हुने अत्याधुनिक विद्युतीय पुस्तकालयको २ कोठे भवन शिलान्यास गरिएको छ । जान्वी फाउण्डेसनकी अध्यक्ष समेत रहेकी नायिका जान्वी बोहराले पुस्तकालय भवनको शिलन्यास गरेकी हुन् । […]

मिस जापान -नेपाल प्रतियोगिताका विजेतालाई एनआरएनए महिला फोरम जापानको बधाई ज्ञापन

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसी महिला फोरम जापानले दोस्रो मिस जापान नेपाल प्रतियोगिताका विजेतालाई बधाई ज्ञापन गरेको छ । मंगलबार सम्पन्न मिस जापान नेपालको ग्राण्ड फिनाबाट विजयी सबैमा बधाई ज्ञापन गर्दै शुभकामना ब्यक्त गरिको हो । एनआरएनए महिला फोरम जापान संयोजक सविता श्रेष्ठले बधाई ज्ञापन गर्दै शुभकामना ब्यक्त  गर्दै  जापानमा बस्ने नेपाली […]

कतारमा जुन ४ मा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’

दोहा : नेपालीहरुको प्रमुख कर्मभूमिका रुपमा परिचित मध्यपूर्वको देश कतारमा चर्चित कलाकारको साथमा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ हुने भएको छ । कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जनसहित देशको झझल्को मेटाउने कार्यक्रम चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोगको पवित्र उद्देश्यसहित आयोजना हुन लागेको हो । कार्यक्रमको आयोजकमा नेपाल आइडल, भ्वाइस अफ […]

मलेसियाको श्रम स्वीकृति सुरु : ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाको अन्तिम श्रम स्वीकृति

काठमाडौँ : मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई र मङ्गलबार १७ जना गरी १९ जनालाई अन्तिम श्रम स्वीकृति दिएको जनाएको छ । श्रम […]

नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्षमा दधि आचार्य

लण्डन : नेप्लिज सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य निर्वाचीत हुनुभएको छ । लन्डनमा सोमबार सम्पन्न दोस्रो अधिवेसनले आचार्य अध्यक्ष निर्वाचित हुनुभएको हो ।अधिवेशनले उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा धर्मागत चापागाईंलाई निर्वाचीत गरेको छ । त्यसैगरि सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबि गुरुङ, रामप्रसाद सापकोटा, […]