हावाहुरी प्रभावीतलाई जनसम्पर्क समिति कोरियाको ४ लाख २५ हजारसहित राहत साम्रागी सहयोग

कोरिया: बारा र पर्साका हावाहुरी प्रभावीतलाई नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले ४ लाख २५ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको छ । जनसम्पर्क समिति कोरियाले एक सय चार नेपाली रुपैयाँ बराबर राहत स्वरुप नगदका साथै जिन्सी सामाग्री पनि वितरण गरेको हो ।  जनसम्पर्क समितिले बाराको हावाहुरी प्रभावित क्षेत्र परवानीपुर गाउँपालिकाको वार्ड नं ४ चैनपुर र भलुही भरवलियाको पिडितहरुलाई पठाइएको राहत वितरण गरिएको हो । जनसम्पर्क समितिको समन्वय विभाग प्रमुख राजेन्द्र श्रेष्ठ, अनुशासन विभाग प्रमुख पुर्ण पौडेल सहित पुर्व केन्द्रीय सदस्य बालकृष्ण त्रिपाठी हावाहुरी प्रभावित क्षेत्रमा राहत वितरण गर्न पुग्नुभएको थियो।

चैनपुरका दुईसय जनालाई राहत सामग्री वितरण गरेको उक्त कार्यक्रममा बारा क्षेत्र नं १ का प्रदेससभा उम्मेदवार पेम्बा लामा ,नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह र नेपाल प्रेस युनियन बाराका कोषाध्यक्ष अनिल शाहको समेत उपस्तिथि रहेको थियो । राहत सामाग्री वितरण तथा नगद प्रदान उक्त कार्यक्रममा पीडितहरुलाई कराई,थाल, बाल्टिन,डाडु लगायतका सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी फेटा भलुहीभरवलिया मृतक परिवार र हावाहुरी प्रभावित पीडितहरुलाई प्रति परिवार ५ हजार रुपैयाँ नगदका साथै चापाकल वितरण गरिएको थियो। त्यस्तै कलैया उपमहानगरपालिका वार्ड नं १८ मा मृतक परिवारको सदस्यलार्इ एक थान चापाकल र ५ हजार रुपैयाँ नगर, बिरगंज उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेर जनही दुई हजारका दरले सहयोगको लागि कोरियामा जम्मा भएको रकम पीडितहरुको लागि खर्चिएको हो ।

यस्ता विपतको समयमा जनसम्पर्क समितिले बेला बेला सहयोग तथा राहातहरु संकलन तथा वितरण गर्दै आएको छ ।संगठनको लागि मात्र नभएर प्राकृतिक प्रकोप तथा अन्य सामाजिक कार्यमा सद्भाव राखी सहयोग गर्दै अगाडि बढ्ने धारणा समितिका सभापति आस्था विन्दु मल्लले जानकारी गराउनुभएको छ।

हावाहुरी प्रभावित क्षेत्रलाई राहत संकलनको लागि गरिएको अपिललाइ सद्भावका साथ सहयोग गर्नुहुने महानुभावहरुलाइ राहात संकलनका संयोजक तथा केन्द्रीय सद्स्य ओम साउदले सहयोगिदाता सम्पुर्णलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नुभएकोछ।उहाँले आगामी दिनमा पनि भवितव्य प्राकृतिक आपत( विपत लगायतका सामाजिक कार्यमा प्रोत्साहित हुँदै यसरी नै सहयोगको लागि संगठन लागिपर्ने उल्लेख गर्नुभएको छ।

स्थापनाकाल देखि नै जनसम्पर्क समिति दक्षिण कोरियाले देश बिदेशमा समन्वयकारी भुमिका निर्वाह गर्दै नेपाली समुदायमा फरक पहिचान राख्न सफल भएको देखिन्छ।हरेक आपत विपतमा सवै संग हातेमालो गरेर सहयोगको लागि लागिपर्ने उल्लेख गर्दै हावा हुरि प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत सहयोगका लागि खटिनुहुने केन्द्रीय सदस्य तथा समन्वय विभाग प्रमुख राजेन्द्र श्रेष्ठ , अनुशासन विभाग प्रमुख पुर्ण पौडेल र बालकृष्ण त्रिपाठी लगायत सहयोगीदाता महानुभावहरुमा सिङ्गो जनसम्पर्क समितिले हार्दिक धन्यवाद तथा विशेष आभार प्रकट गरेको महामन्त्री कुमार थापाले जानकारी गराउनुभएको छ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १६:५३