मिस जापान -नेपाल प्रतियोगिताका विजेतालाई एनआरएनए महिला फोरम जापानको बधाई ज्ञापन

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसी महिला फोरम जापानले दोस्रो मिस जापान नेपाल प्रतियोगिताका विजेतालाई बधाई ज्ञापन गरेको छ । मंगलबार सम्पन्न मिस जापान नेपालको ग्राण्ड फिनाबाट विजयी सबैमा बधाई ज्ञापन गर्दै शुभकामना ब्यक्त गरिको हो ।

एनआरएनए महिला फोरम जापान संयोजक सविता श्रेष्ठले बधाई ज्ञापन गर्दै शुभकामना ब्यक्त  गर्दै  जापानमा बस्ने नेपाली महिलाको क्षमता विकासमा आयोजना गरिने यस्ता कार्यक्रमको निरन्तरताको खाँचो औल्याउँदै यस्ता कार्यक्रमप्रति महिला फोरम जापान खुसी रहेको बताउनुभयो । दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिनाबाट प्रमिशा तामाङ्ले उपाधि जित्नुभएको थियो । प्रतियोगितामा रितु गौतम फस्ट रनर अप, सेकेण्ड रनर अप आरिसा फुलेल तथा पब्लिक च्वाईस अवार्ड उपाधी निना राईले हात पार्नुभयो ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १८:५८