वैदेशिक रोजगारी : २२ देशमा ७ सय ८२ नेपालीले गुमाए ज्यान, मलेसिया सबैभन्दा बढि असुरक्षित

काठमाडौँ : वैदेशिक रोजगारी कहालीलाग्दो बन्दै गएको छ । एक वर्षको तथ्यांक अनुसार २०७५ सालमा २३ जना महिला र ७ सय ५९ पुरुष गरि ७ सय ८२ जनाले ज्यान गुमाएका छन् । जसमा मलेसिया र साउदी अरेविया सबैभन्दा बढि असुरक्षित मुलुकका रुपमा देखिएका छन् । २०७५ सालमा सबैभन्दा बढि मलेसिया र त्यसपछि साउदीमा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक अनुसार २०७५ वैशाख १ गतेदेखि चैत २९ गतेसम्ममा मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या २ सय ५३ छ । साउदीमा ज्यान गुमाउनेको संख्या २ सय जना छ । साउदीमा एक महिला र एक सय ९९ जना पुरुषको ज्यान गुमाएका छन् । कतारमा एक सय ३१ र युएईमा ९२ जनाको ज्यान गुमाएका छन् । यूएईमा २०७५ सालमा १० महिला र ८२ जना पुरुषको ज्यान गएको छ । कुवेतमा ३७, दक्षिण कोरियामा २०, बहराइनमा १२ र ओमानमा ५ जना नेपालीले ज्यान गुमाएका छन् ।


प्रकाशित | १ बैशाख २०७६, आईतवार ०९:५१