मधु भेटुवाल महानिर्देशक, विद्युत् विकास विभाग नुवाकोटको सुनखानीमा जन्मिएका मधु भेटुवाल अहिले विद्युत् विकास विभागका महानिर्देशक छन् । चितवनको भरतपुर महानगरपालिकाको नारायणी उच्च माविबाट माध्यमिक शिक्षा पूरा गरेका भेटुवालले पुल्चोक इन्जिनियरिङ संस्थानमा प्रमाणपत्र र स्नातक तह पूरा गरे । उनले बेल्जियमबाट जलस्रोतमा स्नातकोत्तर गरेका छन् । जिल्ला विकास समिति, गुल्मीमा इन्जिनियरबाट भेटुवालले सरकारी नोकरी सुरु […]
पानीबिनाको जीवन जिउन असम्भव छ । अपरिहार्य हो पानी, तर पनि खानेपानी समस्या निकै जटिल छ अझै पनि । राजधानी काठमाडौं उपत्यकामै पानीको समस्या छ । खानेपानी गुणस्तरीय छैन । स्वच्छ पानी पिउन पाउने मानिसको मौलिक हक भनेर संविधानमा उल्लेख छ । तर, कहिले पाउलान् सर्वसाधारणले आफ्नो मौलिक हकको प्रत्याभूति गर्न ? पानीको समस्या धेरै […]
सुन मानिसलाई शुभकार्यदेखि मर्ने बेलासम्म आवश्यक पर्छ । सुनको ऐतिहासिकसँगै धार्मिक महत्व छ । पछिल्लो समय आममानिसमा विलासिताको वस्तुका रूपमा सुनलाई प्रयोग गरिन्छ । देखासिकी गर्ने प्रचलन बढ्दै गएकाले सुन हुने वर्गसँगै नहुने वर्गका लागि पनि अति आवश्यक बन्दै गएको छ । बिवाहको सिजनमा अन्य समयको तुलनामा सुनको कारोबार धेरै हुने गर्छ । मुलुकमा वार्षिक […]
वासुदेव अधिकारी, अध्यक्ष, नेपाल बैंक लिमिटेड वित्तीय प्रणालीको नियामक निकायमा ३० वर्ष सेवा गरेर अवकाश पाएका वासुदेव अधिकारी हाल सरकारी लगानी रहेको सबैभन्दा पुरानो नेपाल बैंकको अध्यक्षको जिम्मेवारीमा छन् । नेपाल बैंकको सञ्चालकपछि अध्यक्ष भएका अधिकारीसँग नेपाल राष्ट्र बैंक हुँदा विभिन्न महत्वपूर्ण मानिने नियमन, सुपरिवेक्षण, विदेशी विनिमयलगायतका विभागमा रहेर काम गरेको अनुभव छ । नियामक निकायमा […]
१३ खर्ब १५ अर्बको बजेट ल्याएर चालू आर्थिक वर्षका लागि समृद्धिको आधार वर्ष घोषणा गरेको सरकार यतिबेला आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न जुटेको छ । राष्ट्रिय योजना आयोगले दिएको सिलिङ बाहिर नगए सरकारको आगामी आर्थिक वर्षको संघीय बजेटको आकार १५ खर्बको हुनेछ । सोही सिलिङका आधारमा बजेट तर्जुमा गर्न सरकारलाई हम्मे–हम्मे मात्रै भएको छैन, […]
३६ वर्ष इन्जिनियरिङ विषयमा प्राध्यापन गरेका प्राध्यापक डाक्टर त्रिरत्न ब्रजाचार्य अहिले नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष छन् । इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन बज्राचार्य अहिले पनि प्राध्यापनमा सक्रिय छन् । २०४१ सालमा सहायक परीक्षकबाट यस क्षेत्रमा लागेका उनीसँग इन्जिनियरिङ शिक्षा परियोजनालगायतमा समेत काम गरेको अनुभव छ । तत्कालीन शोभियत संघबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका बज्राचार्यले त्रिभुवन […]
धितोपत्रको दोस्रो बजारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य भएपछि ५ लाखभन्दा माथिको कारोबारमा कमी आएको भए पनि समग्र सेयर बजार भने सकारात्मक नै देखिएको छ । प्यान लागू गरिएपछि सेयर बजार परिसूचक पनि निरन्तर सुधारको गतिमा देखिएको छ । प्यान लागू भए पनि बजार झनै प्यानिक हुने मनोविज्ञानले लगानीकर्तालाई सताएको भए पनि वास्तविकता भने उल्टो […]