एलर्जी के हो ? दीर्घकालीन समाधान सम्भव छ ?

डा कृपा डंगोल एलर्जी एक शारीरिक अवस्था हो। यस अवस्थामा मानिसको प्रतिरक्षा प्रणाली कुनै बाहिरी तत्वको लागि बढी संवेदनशील हुन्छ। संसारका १० देखि ३० प्रतिशत मानिसहरुमा एलर्जीको समस्या रहेको पाइन्छ। वर्तमान विश्वमा नसर्ने रोगहरु मध्ये मुटुरोग, क्यान्सर र मधुमेह पछि एलर्जी चौथो सबैभन्दा बढी देखिने रोग हो । हाम्रो वातावरण तथा रहनसहनको कारणले यो अवस्था […]

डिप्रेसनः महिलालाई किन बढी ?

डा विश्वबन्धु शर्मा डिप्रेसन मानसिक रोगको प्रयायबाची जस्तो भइसकेको छ। मानसिक सम्बन्धी जेसुकै समस्या परेपनि मानिसहरु ‘डिप्रेसन भएको छ’ भन्दै आउने गर्छन्। पहिले डिप्रेसन भन्न पनि मानिसहरु असजिलो मान्थे, अहिले त्यो स्थिति छैन। डिप्रेसनप्रतिको संकोच लगभग हटिसकेको छ भन्दा पनि हुन्छ। मानिसहरु पहिला डिप्रेसन भएको कुरा पनि लुकाउने गर्थे भने अहिले लुकाउँदैनन्, सजिलैसँग ‘डिप्रेसन भएको […]

जाडोमा आगो, हिटर र गिजर चलाउँदा नगर्नुहोस यी गल्ती, जसले जान सक्छ ज्यान

काठमाडौं – देशभर पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ। जाडो बढेसँगै  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्दै गएको छ। जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन  ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ।  ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा […]

निद्राका समस्या र आरामदायी निद्राका घरेलु उपाय

डा सिपी सेडाईं निद्रा कम लाग्ने समस्या धेरै मानिसमा पाइन्छ। खासगरी वृद्धावस्थामा निद्रा नलाग्ने समस्या बढी देखिन्छ। ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार बिउँझने, बिहान चाँडै निद्राले छाड्ने जस्ता समस्या देखिन्छन्। शरीरको स्वस्थ्यका लागि निद्रा अति आवस्यक हुन्छ। निश्चित समयमा भोक लाग्ने भनेजस्तै हामीलाई निश्चित समयमा निद्रा लाग्छ। निद्रा विभिन्न किसिमका हुन्छन्। १. हलुका […]

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगीता मिश्रा नियुक्त

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगीता मिश्राले पाउनु भएको छ । मन्त्रालयले उहाँलाई बुधबार प्रवक्तामा नियुक्त गरेको हो । यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेलले सम्हाल्दै आउनु भएको छ । डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ ।

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं –  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको जानकारी […]

बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

१. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन: अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै […]