स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगीता मिश्रा नियुक्त

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगीता मिश्राले पाउनु भएको छ । मन्त्रालयले उहाँलाई बुधबार प्रवक्तामा नियुक्त गरेको हो । यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेलले सम्हाल्दै आउनु भएको छ । डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ ।


प्रकाशित | २९ मंसिर २०७८, बुधबार १९:४७