स्वास्थ्य सेवा प्रवाहलाई ब्यवस्थित बनाउँदै कागेश्वरी मनोहरा नगरपालिका (भिडियो रिपोर्ट)

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । नगर प्रमुख उपेन्द्र कार्कीले चुनावी घोषणपत्र अनुसार नै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउन सक्रियपूर्वक लागिपरेको नगरप्रमुख कार्कीले स्पष्ट पार्नु भयो । नगरपालिकाले एउटा नगर अस्पताल, चार वटा बर्थीङं सेन्टर र प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्य […]

जोरपाटीमा खुल्यो समाज डेन्टल हस्पिटलको नयाँ शाखा, गोकर्णेश्वरका मेयर रिसालद्धारा उद्घाटन

काठमाडौं । समाज डेण्टल हस्पिटलको ९ औं शाखा गोकर्णेश्वर- ६ स्थित जोरपाटीमा खुलेको छ । दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता भन्ने उदेश्यका साथ स्थापना भएको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा जोरपाटीमा सेवा बिस्तार गरेको हो । शनिबार एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन […]

१५ बुँदे सिड्नी घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको चौथो विश्व स्वास्थ्य सम्मेलन

सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिद्धारा आयोजित चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे सिड्नी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनका २५ वटा सत्रमा एक सय भन्दा बढी विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रको सुझावका आधारमा सिड्नी घोषणापत्र जारी गरिएको हो । ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक […]

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागि छन् । सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु समेत सहभागी छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलनमा विश्वका सय भन्दा बढी […]

नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौँ –नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताउनुभयो । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित […]

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने

काठमाडौं– नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही चैत २५ देखि वैशाख १८ सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । टाइफाइड […]

गर्भवतीलाई तलतल लाग्नुको कारण के होला ? किन के खाऊँ, के खाऊँ हुन्छ ?

बीबीसी– हामी सबैले गर्भधारण गरेका महिलाका व्यवहारबारे विभिन्न किंवदन्ती सुनेका छौँ। जस्तै – केही महिलालाई आइसक्रीम र अचार मात्र खान मन लाग्छ, कोही मध्यरातमा पतिलाई कुखुराको भुटन ल्याइदिन भन्छन् भने कसैलाई एउटा विशेष ब्र्यान्डको चकलेट दिनमा पाँच पटक खानुपर्छ। हामी आफैँलाई पनि कुनै बेला यस्तै तलतल लागेको हुनसक्छ। यस्तो तलतलले महिला र उनको गर्भमा विकसित […]