नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं –  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको जानकारी दिनु भयो ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले हो।  उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको छ ।

साथै दुवै जनामा गम्भीर लक्षण नदेखिएको र उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको पनि जनाएको छ ।


प्रकाशित | २० मंसिर २०७८, सोमबार १३:३०