कोभिड-१९ खोप सम्बन्धी ५ जिज्ञासा र उत्तर

डा शेरबहादुर पुन

१) बुस्टरमा फरक खोप लगाउन मिल्छ ?

– लगाउन मिल्छ। विभिन्न अध्ययनहरुले ‘मिक्स एण्ड म्याच’ अर्थात् पहिले दुई मात्रा पूर्ण खोप लगाएमा फरक खोप बुस्टरको रुपमा लगाउँदा एन्टीबडीको स्तर प्रभावकारी र सुरक्षित हुने गरेको देखिएका छन्।

२) बुस्टर डोज भनेको फरक खोप हो ?

– होइन, बुस्टर डोज भनेको हाल उपलब्ध/लगाइरहेका खोपहरु मध्यको थप एक मात्रा खोप हो।

३) खोप लगाएकाहरु पनि संक्रमित भइरहेका छन्, किन ?

– खोप लगाउनु भनेको संक्रमण नहुनु होइन। खोप लगाउनु भनेको संक्रमित भएपछि हुने जटिल अवस्था वा मृत्युको सम्भावनालाई कम गर्नु हो।

४) संक्रमण भएको कति समयपछि बुस्टर खोप लगाउन मिल्छ ?

– सामान्यतय लक्षणहरु हराएपछि लगाउन मिल्छ। तर २ हप्तापछि लगाउँदा सो समयसम्ममा संक्रमितहरु पूर्ण स्वास्थ हुने (लक्षण नदेखिने) र अरुलाई संक्रमण सार्ने सम्भावना पनि नहुने भएकोले सो समय तिर लगाउँदा राम्रो मानिन्छ।

५) खोपले प्रजनन् क्षमता तथा महिनावारी चक्रमा समस्या ल्याउँछ ?

– ल्याउँदैन। अनुसन्धानहरुले मानिसको प्रजनन् क्षमता तथा महिनावारी चक्रमा समस्या नहुने देखाएका छन्।

-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुनुहुन्छ । स्रोत – स्वास्थ्य खवर


प्रकाशित | १८ माघ २०७८, मंगलवार २०:२०