उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं : नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। दुई जना थपीएसँगै नेपालमा कोरोना भाइरस संक्रमीतको संख्या ४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ […]

खुसीको खवर: नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति पनि डिस्चार्ज

काठमाडौं: नेपालमा कोरोना संक्रमित धमाधम निको  हुन थालेका छन् । यसअघि दुई जना निको भई घर फीर्ता भइसकेकोमा कोरोना संक्रमीत चौथो व्यक्ति पनि डिस्चार्ज भएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती अञ्चल अस्पतालमा उपचाररत २१ वर्षीय युवकको पनि डिस्चार्ज गरिएको हो । उता उदयपुरमा भेटिएका कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा […]

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाडौँ :  कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ । यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ । त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन् । यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ । चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक […]

कोरोना भाइरसको संक्रमण : भिटामिन सी कति प्रभावकारी ?

काठमाडौँ :  कोरोना भाइरस (कोभिड–१९)  संक्रमणको औषधि पत्ता लगाउन संसारभरिका चिकित्सक र वैज्ञानिक लागिपरेका छन् । अहिलेसम्म विभिन्न एन्टिमेलेरियल, एन्टिभाइरल्स र युनानी औषधिमाथि परीक्षण गरिए पनि कोरोना नियन्त्रणका लागि औषधि पत्ता लागेको छैन । कोरोना नियन्त्रणका लागि उपचारका विभिन्न सिद्धान्त दिनानुदिन निकालिए पनि अहिलेसम्म विज्ञानले प्रमाणित गरेको छैन । तर, भिटामिन सीको प्रयोग संक्रमण, रक्तचाप […]

यी हुन् कोरोना भाइरसले ल्याएको सकारात्मक परिवर्तन

कोरोना भाइरस (कोभिड–१९) यतिबेला मानव जातिमाथि ठूलो चुनौती बनेर आएको छ । चीनको पुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको सामना यतिबेला विश्वले गरिरहेको छ । कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । आज सहर बजारमात्र होइन कयौं देशहरु नै लकडाउन गरिएका छन् । हजारौ मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन् । विश्वको अर्थव्यस्था […]

के हो क्वारेन्टाइन ? के हो आइसोलेसन ?

कल्पना पौडेल/काठमाडौं हिजोआज कुराकानीको एउटै विषय छ ‘कोराना भाइरस’। स्कुले बच्चादेखि वृद्धवृद्धा कोरोना भाइरसकै चर्चामा दिन बिताइरहेका छन्। स्कुल, कलेज बिदा भएपछि बालबालिका, किशोरकिशोरी सामाजिक सञ्जालमा कोरोना भाइरसबारे सर्च गर्दै कहाँ के भयो भन्ने अपडेट लिइरहेका छन्। कोरोना भाइरसबारे नसुनेको अझ भनौँ केही न केही नजानेको मानिस भेट्न मुस्किल छ। सबैमा रोगको संक्रमण हुने त्रास […]

कोरोना महामारी बिरूद्ध ग्रामीण नेपालमा एनआरएन कार्यक्रम

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएन) स्वास्थ्य समितिले विभिन्न संगठनको सहयोगमा नेपालको पश्चिमी तराईको ग्रामीण भागमा कोरोना भाइरस महामारीको प्रभाव कम गर्न विविध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत महिला समुदाय स्वास्थ्य स्वयमसेवीका (एफसीएचवी) को बीचमा जागरूकता बढाउने अभियान, हात सफा गर्ने उपकरण बनाउने प्रशिक्षण, साबुन वितरण र हात धुने उचित तरीकाको […]