यी हुन् कोरोना भाइरसले ल्याएको सकारात्मक परिवर्तन

कोरोना भाइरस (कोभिड–१९) यतिबेला मानव जातिमाथि ठूलो चुनौती बनेर आएको छ । चीनको पुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको सामना यतिबेला विश्वले गरिरहेको छ । कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

आज सहर बजारमात्र होइन कयौं देशहरु नै लकडाउन गरिएका छन् । हजारौ मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन् । विश्वको अर्थव्यस्था नराम्रोसँग प्रभावित बनेको छ । धेरै मानिसको रोजगारी खोसिएको छ ।

यस्तो अवस्था कति समयसम्म रहन्छ कसैलाई थाहा छैन । यस्तो भयावह समाचारका बीचमा पनि यो महामारीले केही सकारात्मक परिवर्तन ल्याएको छ ।

प्रदुषणमा कमी

कोरोना भाइरसको कारणले कयौं देश लकडाउन गरिएका छन् । यसकारण प्रदूषणको मात्रमा कमी आएको छ । चीन र उत्तरी इटलीमा वायु प्रदूषणको प्रमुख कारक नाइट्रोजन डाइअक्साइडमा अत्यधिक कमी आएको छ । औद्योगिक क्षेत्रहरु बन्द हुँदा र सडकमा यातायातका साधन सञ्चालन नहुँदा प्रदुषणमा कमी आएको हो ।

न्युयोर्कका कयौं अनुसन्धानकर्ताहरुको भनाइ छ कि गत वर्षको तुलनामा यो वर्ष कार्बन मोनोअक्साइडमा ५० प्रतिशत कमी आएको छ । यो मुख्यरुपमा कारहरुबाट सिर्जित हुन्छ ।

विश्वभरी हवाई यात्रामा रोक लागेको छ । ठूलो संख्यामा उडानहरु रद्द भएका छन् । लाखौं मानिसहरु घरबाट काम गरिरहेका छन् । आगामी समयमा विश्वभरी यस्तो अवस्था आउन सक्ने आँकलन गरिँदै छ । पृथ्वीको तापमान बढाउने कार्बनडाइअक्साइड ग्यासमा पनि कमी आएको छ ।

पानीका गुणबत्तामा परिवर्तन

भेनिसका बासिन्दाका अनुसार सहरको नहरको पानीको गुणवत्तामा सुधार आएको छ । कोरोना भाइरसका कारण उत्तरी इटालीमा लोकप्रिय पर्यटन गन्तव्यका सडकहरु पूर्ण रुपमा खाली छ । पर्यटक नआउदा ‘वाटर ट्राफिक’ कम भएको छ र पानी सफा हुनुको मुख्य कारण यहि हो । आमरुपमा धमिलो देखिने यहाँको पानी यति सफा भएको छ कि अहिले यहाँका माछा देख्न सकिन्छन् ।

उदारता देखाउने काम

कोरोना भाइरसका कारण कयौं देशका सहरहरु लकडाउन गरेका छन् त केहि देश लकडाउनको तयारीमा पनि छन् ।

घरमा कति दिनसम्म बन्द रहनु पर्छ, यसको डरले मानिसहरु नजिकको पसलबाट आवश्यक सामान धेरै किनिरहेका छन् । यसले भागदौडको जस्तो अवस्था बनेको छ ।

कयौं ठाउँमा यस्तो रिपोर्ट आएका छन् कि सामान किन्ने होडमा एक अर्कोसँग लडाई गरिरहेका छन् । तर यो सबैका बीचमा केही सुखद अनुभव गराउने कुरा पनि सुन्नमा आएको छ ।

न्यूयोर्कका दुईजनाले ७२ घण्टामा १ हजार ३ सय स्वयसेवक तयार गरेका थियो । जसले सहरमा वृद्ध र आवश्यक परेकालाई घरेलु सामान र औषधि घरघरमा पुगाउने काम गरिरहेका छन् ।

सामाजिक संजाल फेसबुकका अनुसार बेलायतमा हजारौ मानिसले कोरोना भाइरसबाट मुक्ति पाउनका लागि बनाएका स्थानीय सहयोग समूहमा सहभागी भएका छन् । यस्ता समूह क्यानडामा पनि बनेका छन् । यी समूहका कारण सहयोगका साथै व्यापारमा बढोत्तरी भएको छ ।

अष्ट्रेलियाका सुपरमार्केटमा वृद्धवृदालाई सामान किन्ने समय अलग गरी दिएको छ । वृद्धवुद्धा र अपांगता भएका मानिसलाई समस्या नआओस भन्नका लागि यसो गरिएको हो । धेरै मानिस समस्या कम गर्न चन्दा पनि दिइरहेका छन् ।

केही मानिस आइसोलेसनमा बसेका वृद्धवृद्धालाई सहयोग गर्न अनुभव शेयर गर्दै छन् । केहीले आइडिया शेयर गरेका छन् । केहीले आफ्नो व्यापारलाई खाद्य आपूर्ति सेन्टर बनाएका छन् ।

एकजुट हुँदै मानिस

अफिस र घरकोे काम गर्न व्यस्त रहन्थे । आफ्नो छरछिमेकसँग टाढा हुन्थे । कोरोना भाइरसको बढ्दो संक्रमणको कारण मानिस अहिले आफ्नो घरमा र बाँकी विश्व समुदायसँग नजिक भएको छ ।

इटली पूरा लकडाउन छ । यस्तोमा मानिस आफ्ना घरका बालकोनीमा आएर एकले अर्कोलाई हौसला बढाउनका लागि गीत गाइरहेका छन् ।

दक्षिण स्पेनमा एक फिटनेस सिकाउने संस्थाले एक अपार्टमेन्ट कम्प्लेक्सको छतमा मानिसलाई एक्ससाइज गराएको थियो । मानिसहरु बालकोनीमा आएर एक्ससाइज गरिरहेका थिए ।

धेरै मानिस यो समयमा आफ्ना साथी, परिवारका सदस्यसँग नजिक भएका छन् । भिडियो कल गरेर कुराकानी गरिरहेका छन् । धेरै मानिसहरु मोबाइल एप्सको माध्यबाट भर्चुअल पार्टी गरिरहेका छन् ।

कोरोना भाइरसको प्रकोपले स्वास्थ्यकर्मीहरु र अतिआवश्यक सेवाको काम गर्ने मानिसको महत्वको अन्दाज सबैलाई भएको छ । यूरोपमा हजारौं मानिसहरु आफ्नो घरको बालकोनी र झ्यालबाट ती तमाम डाक्टर र नर्सहरुलाई उत्साह दिइरहेका छन् ।

जसले कोरोना भाइरसको महामारीसँग जुधिरहेकाहरुको उपचारमा दिन रात खटिरहेका छन् । लन्डनमा धेरै मेडिकलका विद्यार्थीहरु हेल्थ सर्भिसमा सहयोग गर्न स्वयंमसेवक बनिरहेका छन् ।

रचनात्मकताको विकास

कोरोना भाइरसका कारण मानिस घरमा बन्द छन् । यस्तो अवस्थामा पनि मानिसहरुले आफ्नो रचनात्मकता देखाइरहेका छन् । सोसल मिडियामा धेरै मानिसहरु आफ्ना नयाँ बानी बसाल्दै छन् । पुस्तक पढ्नु, खाना पकाउनु र पेन्टिङ गर्नु र आफ्ना साथीहरुसँग छलफल गर्ने गरिरहेका छन् ।

अमेरिकाको राजधानी वासिंङटन डीसीमा सार्वजनिक पुस्तकालयले भर्चुअल बुक क्लबको सुरुवात गरेको छ । इटलीका चर्चित शेफ मास्सिमो बोटुराले इन्स्टाग्राममा एक विशेष सिरीज सुरु गरेको छ । यसलाई किचेन क्वारेन्टाइन नाम दिएको छ ।

अमेरिकाको टेनिसी राज्यमा एक आर्ट शिक्षकले ती बच्चाहरुका लागि लाइभ स्ट्रिमिङ क्लास सुरु गरेको छ । स्कुल बन्द हुँदा घरमा बन्द भएका छन् ।

धेरै सार्वजनिक ठाउँ बन्द हुँदा मानिसहरु अनलाईनमा व्यस्त छन् । मानिस विश्वको सबैभन्दा ठूलो ग्यालरीहरुमा भर्चुअल टुर गरिरहेका छन् । अष्ट्रेलियाको सिड्नीमा अब्जर्भेटरीले घरमा बन्द भएकमा मानिसलाई स्काई टुर देखाउन सुरु गरेको छ ।

स्रोत : शिलापत्रको लागि कृष्ण गिरीले बीबीसीबाट गर्नुभएको भावानुवाद ।


प्रकाशित | ११ चैत्र २०७६, मंगलवार १४:४१