खुसीको खवर: नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति पनि डिस्चार्ज

काठमाडौं: नेपालमा कोरोना संक्रमित धमाधम निको  हुन थालेका छन् । यसअघि दुई जना निको भई घर फीर्ता भइसकेकोमा कोरोना संक्रमीत चौथो व्यक्ति पनि डिस्चार्ज भएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती अञ्चल अस्पतालमा उपचाररत २१ वर्षीय युवकको पनि डिस्चार्ज गरिएको हो ।

उता उदयपुरमा भेटिएका कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित रहेकामा हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् ।


प्रकाशित | ७ बैशाख २०७७, आईतवार १६:४६