कोरोना महामारी बिरूद्ध ग्रामीण नेपालमा एनआरएन कार्यक्रम

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएन) स्वास्थ्य समितिले विभिन्न संगठनको सहयोगमा नेपालको पश्चिमी तराईको ग्रामीण भागमा कोरोना भाइरस महामारीको प्रभाव कम गर्न विविध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम अन्तर्गत महिला समुदाय स्वास्थ्य स्वयमसेवीका (एफसीएचवी) को बीचमा जागरूकता बढाउने अभियान, हात सफा गर्ने उपकरण बनाउने प्रशिक्षण, साबुन वितरण र हात धुने उचित तरीकाको प्रदर्शन समावेश गरिएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिनुभयो ।

संयोजक सापकोटाका अनुसार सो कार्यक्रम स्वास्थ्य समितिका सह अध्यक्ष हरु डा. शक्ति चौरासियाको नेतृत्वमा डा. कुश श्रेष्ठको निरीक्षणमा सञ्चालन गरिएको हो ।

कार्यक्रम बाँके जिल्ला जन स्वास्थ्य कार्यालय, अष्ट्रेलिया नेपाली डाक्टर अन्ड देन्टल असोसिअसन, अस्सीमेड फाउण्डेसन, नेपालगञ्ज मेडिकल कलेज, नेपाल मेडिकल स्टूडेंट सोसाइटी, नेपाल मेडिकल एसोसिएशनले यस कार्यक्रममा साझेदारी गरेको थियो।

प्रशिक्षण बाँके जनस्वास्थ्य जिल्लाको राजहना स्वास्थ्य चौकीको सहयोगमा सञ्चालन गरिएको थियो।

सहभागीहरूलाई डब्ल्यूएचओको चेकलिस्ट प्रयोग गरी कुनै व्यक्तिमा कोरोना भाइरस संक्रमण छ कि छैन भनेर निर्धारण गर्न प्रशिक्षण दिइएको थियो। उनीहरुलाई टीयू शिक्षण अस्पतालले तयार पारेको दिशानिर्देशहरू तालिम दिइएको डा. शक्ति चौरासियाले बताउनुभयो ।

एनआरएनका अध्यक्ष कुमार पन्तको नेतृत्वमा रहेको कोरोना भाइरस विरुद्धको लडाई सम्बन्धी हाइ कमिसनको योजनामा ग्रामीण नेपालमा जन चेतना र तालिमका कार्यक्रमहरु आयोजना गरिने डा संजीव सापकोटाले जानकारी गराउनुभयो ।


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १३:१५