दोस्रो लहरको त्रासः ब्युँताउन थालियो कोभिड अस्पताल

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः […]

१० ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने तयारी

काठमाडौँ । खानी तथा भूगर्भ विभागले गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । आयोजनाका प्रमुख डा. सुधीर रजौरेले दैलेख क्षेत्रबाहेक मुलुकको विभिन्न ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । […]

क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन गृहको परिपत्र

काठमाडौं । सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन परिपत्र गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन फेरि पनि आवश्यक पर्ने अवस्थालाई मध्यनजर गरेर अपडेट राख्न परिपत्र गरेको जनाएको हो । मन्त्रालयले यही चैत्र ९ गते सबै जिल्लालाई परिपत्र गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको […]

प्रदेश १ का मुख्यमन्त्री राईको पद जोगियो, नेपाल पक्ष अविश्वास प्रस्ताव फिर्ता लिन तयार

विराटनगर । अविश्वास प्रस्ताव फिर्ता लिने सहमतिसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सत्ता संकट टरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति जनाएपछि मुख्यमन्त्री राईको पद जोगिएको छ । नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन […]

भीडभाड नगरी होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गर्नुभयो । ‘पछिल्लो […]

लकडाउनको एक वर्ष, कोरोना सङ्क्रमणको चुनौती यथावत्

काठमाडौंँ । कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो । लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै […]

कामिरिताले लिए पहिलो नेपाली माउन्टेन गाइडको लाइसेन्स

काठमाडौं। विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सरकारले प्रदान गरेको माउन्टेन गाइड लाइसेन्स लिनु भएको छ । पर्यटन विभागले मंगलबारदेखि दिन शुरु गरेको माउन्टेन गाइड लाइसेन्स पहिलो पटक २४ औं पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही शेर्पाले लिनु भएको हो । पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले नेपाल पर्वतारोहण […]