खरिदारको परीक्षा कार्यक्रम स्थगित

काठमाडौं । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो ।

आयोगको परीक्षा तालिका बमोजिम बैशाख ६, २०७८ देखि बैशाख १० गतेसम्मका लागि द्वितीय चरणको परीक्षा निर्धारण गरिएको थियो । आयोगले जारी गरेको सूचनामा भनिएको छ, “रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको आन्तरिक प्रतियोगितातर्फको परीक्षणा कार्यक्रम र सोही पदको मिति २०७८ बैशाख ११ गते सञ्चालन हुने गरी तोकिएको द्वितीय चरणको परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ ।” यद्दपी आयोगले परीक्षा स्थगित हुनाको कारण उल्लेख गरेको छैन्।

आयोगको चैत्त ६ गते बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार ०८:२२