भारतीय लोकसभा चुनाव: बलिउड अभिनेता सन्नी देवलको जित

एजेन्सी : भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले पूर्ण बहुमतका साथ सरकार बनाउने भएको छ । विभिन्न सात चरणमा भएको चुनावको मतपरिणाम बिहीबार सार्वजनिक भएको हो । बीजेपी एक्लैले झण्डै ३ सय सिटमा जित हात पार्ने निश्चित भएको छ । ५ सय ४३ सिट रहेको भारतीय लोकसभामा २ सय ७२ सिट जित्ने पार्टीले सरकार बनाउन सक्नेछ । त्यसैले बीजेपी एक्लैले पनि सरकार बनाउन सक्नेछ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) को खातामा भने झण्डै ३ सय ५० सिट जाने भएको छ ।

त्यसैगरीबलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार सन्नी देवल पनि पञ्जावको गुरदासपुरबाट विजयी भएका छन् । उनले भारतीय कांग्रेसका उम्मेदवार सुनिल जाखरलाई झण्डै ७५ हजार मतले हराए । गुरदासपुरबाट यसअघि बीजेपीबाट विनोद खन्ना लड्ने गर्थे । नरेन्द्र मोदी फेरि एकपटक भारतको प्रधानमन्त्री बन्नु हुने भएको छ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुपछि पूर्ण बहुमतका साथ दोस्रो कार्यकालका लागि सत्तामा फर्किने मोदी दोस्रो हुुनुहुन्छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार २०:५८