भारतीय लोकसभा चुनावको मतगणनाः बीजेपी अगाडि

नयाँ दिल्लीः विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासको उत्सवको रुपमा रहेको भारतीय लोकसभा चुनावको मतगणना आज सुरु भएको छ । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौं चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।  प्रारम्भिक मत गणना अनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । कुल ५४३ सिट रहेको लोकसभामा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सिट जित्नुपर्नेछ । सन् २०१४ मा भाजपाले २८२ सिट जितेको थियो ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १०:११